दफा २२
खाद्य तथा पोषण सुरक्षा कार्यक्रम सञ्चालन गर्ने
स्थानीय तहले खाद्य तथा पोषण सुरक्षा सम्बन्धी देहायका कार्यक्रम सञ्चालन गर्नेछ:-
(क) लक्षित घर परिवारका गर्भवती, सुत्केरी तथा स्तनपान गराइरहेकी आमाको खाद्य तथा पोषणमा पहुँच अभिवृद्धि गराउने कार्यक्रम,
(ख) छ महिनासम्मका शिशुको लागि पूर्ण स्तनपानलाई प्रवर्द्धन गर्नुका अतिरिक्त पाँच वर्षसम्मको बालबालिकाको लागि आवश्यक पोषणको आवश्यकता पूर्ति गर्ने कार्यक्रम,
(ग) सामुदायिक विद्यालयमा. अध्ययन गर्ने चौध वर्ष मुनिका बालबालिकालाई दिवा खाजा उपलब्ध गराउने कार्यक्रम,
(घ) गम्भीर रूपले कुपोषित बालबालिका तथा ज्यैष्ठ नागरिकलाई निःशुल्क उपचार, भोजन, पोषण तथा पुनर्स्थापना र अभिभावकलाई पोषण परामर्शको कार्यक्रम,
(ङ) संबै उमेरका असहाय अवस्थाका व्यक्तिको पहिचान र सोको लगत तयारी तथा भरणपोषणको कार्यक्रम,
(च) विपद्मा परेका व्यक्तिलाई खा तथा पोषण असुरक्षाबाट संरक्षण प्रदान गर्न निःशुल्क भोजनको व्यवस्था गर्ने कार्यक्रम,
(छ) लक्षित समूह तथा सीमान्तकृत समुदायमा खानेपानीमा पहुँच, स्वास्थ्यकर खाद्य तथा पोषण कायम गर्ने सम्बन्धी आनीबानी र सरसफाइ प्रवर्द्धन गर्ने कार्यक्रम,
(ज) स्थानीयस्तरमा उत्पादन हुने रैथाने बाली, परिकार र अन्य: पोषिला खानेकुरा प्रवर्द्धन गर्ने कार्यक्रम,
(झ) जलवायु परिवर्तनले कृषिमा पारेको प्रतिकुल प्रभाव तथा त्यससँग अनुकूल हुने गरी खेतीबाली तथा पशुपालन गर्न अभिप्रेरित गर्न सहयोग पुन्याउने आवश्यक कार्यक्रम,
(ज) खाद्य तथा/पोषणको पहुँचमा अवरोध सृजना गर्ने भैदभावजन्य अभ्यास र कुरीतिलाई अन्त्य गर्ने खालका कार्यक्रम,
(ट) ज्येष्ठ नागरिकमा रहेको खाद्य तथा पोषण सम्बन्धी परम्परागत ज्ञान तथा सीपलाई प्रवर्द्धन गरी पुस्तान्तरण गराउन सघाउने कार्यक्रम,
(रु) स्थानीय समुदायले खाद्य सुरक्षाका लागि अपनाउँदै आएका वातावरणमैत्री परम्परागत प्रविधिलाई प्रवर्धन गर्ने कार्यक्रम,
(ड) मुक्त कमैया र हलिया, अधियाँ तथा बटैया गरेर जीविकोपार्जन गर्ने श्रमिक किसानको खाद्य तथा पोषण सुरक्षामा पहुँच बढाउने तर्फ लक्षित कार्यक्रम,
(ढ) खाद्य उपलब्धता, वितरण र पहुँच अभिवृद्धि गर्ने खालका कार्यक्रम ।